निजी क्षेत्रमा भएको क्षति अनुगमनमा गण्डकीका मु्ख्यमन्त्री - तस्बिरहरुसहित

voiceofgandaki

पोखरा । जेन जी आन्दोलनका क्रममा पोखराको निजी क्षेत्रमा भएको क्षतिका बारेमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार अनुगमन गरेका छनं ।

मंगलबार र बुधबार सरकारी कार्यालय अनुगमन गरेका उनले बिहीबार लेकसाइड, नयाँबजार लगायतका क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरे ।

उनले लेकसाइडको सरोवर, बगैंचा, एडम, गुडविल लगायतका होटलसहित बिन्दुकुमार थापाको वाराहीचोकको व्यावसायिक भवन, सेन्टर प्वाइन्टको अंशुभरा स्क्वायर, पोखरा इभेन्ट सेन्टर पुगेर क्षतिको अनुगमन गरे ।

यसैगरी उनी न्युरोडको भाटभटेनी, महानगरपालिका, बिन्दुकुमार थापा र उनका भाइ ध्रुव थापाको घर र व्यावसायिक प्रतिष्ठानमा समेत पुगेको प्रेस संयोजक नरहरि सापकोटाले बताए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लाखौँ रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएका करदाता, व्यवसायीको निजी सम्पत्ति माथि आक्रमण हुनु दुःखद भएको बताए ।

व्यवसायीको हक हित र भयरहित लगानीमैत्री वातावरण निर्माण गर्न सरोकारवाला सबै जुट्नुपर्ने बताउँदै उनले आन्दोलनका नाममा सरकारी, सार्वजनीक एवं ब्यक्तिगत सम्पत्ती ध्वंश गर्नेलाई राज्यले कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया