पोखरा । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह परेका छन् । उनलाई यो वर्षको विश्वका मुख्य इन्फ्लुएन्सरहरुको सूचीमा राखिएको हो । ३५ वर्षका यी पूर्व र्यापर गएको मार्चमा नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्रीमध्ये एक बनेका थिए । म्यागेजिनले बालेनको यो उदयलाई दक्षिण एसियाकै वंशवादी राजनीतिको अस्वीकारका रुपमा उल्लेख गरेको छ ।