काठमाडौँ । स्याङ्जामा स्कुटरबाट खसेर हराएको सुनका गहना फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने ५३ वर्षीय लोक बहादुर थापाले सडकमा भेटाएको सुनको झोला प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ती गहना सुरक्षित रुपमा धनी अनिता शर्मा अधिकारीलाई जिम्मा लगाएको छ ।