पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले 'जेन जी' आन्दोलनका क्रममा कारागारबाट फरार भएकी एक महिलालाई ४ लाख रुपैयाँभन्दा बढी नगद र लागु औषधसहित पक्राउ गरेको छ । २०८१ भदौ २४ गते भएको 'जेन जी' आन्दोलनको समयमा कारागार कार्यालय कास्कीबाट फरार रहेकी २६ वर्षकी सिमा दर्जीलाई प्रहरीले पुनः पक्राउ गरेको हो । उनलाई चैत २० गते राति ८ बजे पोखरा महानगरपालिका २९ स्थित सैनिक बस्तीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।