पोखरा । अमेरिकामा टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) को आधारमा बसोबास गरिरहेका करिब ७ हजार नेपालीको भविष्य अनिश्चित बनेको छ। अमेरिकी संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको टीपीएस खारेज गर्ने निर्णयलाई सदर गरेसँगै उनीहरू स्वदेश फर्कनुपर्ने अवस्था सिर्जना भएको हो।