पोखरा ।
नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले कास्कीको
पोखरामा निर्माण गरेको नमूना पेट्रोल पम्प मंगलबारदेखि नियमित सञ्चालनमा आएको छ ।
प्रहरी प्रधान कार्यालय, कल्याण
कोष नक्सालबाट सञ्चालित पम्प पोखरा–७ पार्दीस्थित प्रहरी कार्यालयको परिसरमा बनेको
हो ।
सूचना
अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार पेट्रोल र डिजेलको नियमित
बिक्री–वितरण असोज ७ गतेदेखि सुरु गरिएको छ ।
नेपाल
प्रहरीले करिब ९ करोड ९६ लाख ६५ हजार ७२९ रुपैयाँ लागतमा पेट्रोल पम्प निर्माण
गरेको हो । ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले ठेक्का पाएको पम्प निर्माण कार्य
सम्पन्न भएपछि प्रहरी कल्याण महाशाखाले सञ्चालनमा ल्याएको हो ।
यसअघि
पम्प निर्माण रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले उच्च अदालत पोखरामा रिट
दर्ता गरेका थिए । रिटमा नेपाल राष्ट्र बैंक पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्री
तथा मन्त्रिपरिषद्को कार्यालयसहितका संवेदनशील सरकारी कार्यालय रहेको क्षेत्रमा
पेट्रोलियम पदार्थको डिपो राख्दा सम्भावित जोखिम हुने दाबी गरिएको थियो ।
अदालतले
अघिल्लो वर्षको असोज १० गतेसम्मका लागि पेट्रोल पम्प निर्माण नगर्न अन्तरिम आदेश
जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर गत पुसमा उच्च अदालत पोखराका
मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले
रिट खारेज गरिदिएको हो ।
रिट
दर्ता गर्नेहरूमा नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेल, गोकुल कार्की, दुर्गाकुमारी
काकी, शोभाकुमारी श्रेष्ठ र रामचन्द्र
विश्वकर्मा थिए । उनीहरूले २०३१ सालमा सरकारी कार्यालय निर्माण गर्ने उद्देश्यले
अधिग्रहण गरिएको जमिनमा पेट्रोल पम्प बनाउन नमिल्ने तर्कसहित अदालतमा मुद्दा दायर
गरेका थिए ।