निजामती कर्मचारी युनियन कास्कीको नेतृत्वमा सापकोटा, को को भए विजयी र पराजित ?

भ्वाइस अफ गण्डकी


पोखरा  नेपाल निजामती कर्मचारी युनियन, कास्कीले नवौं जिल्ला अधिवेशनबाट केदार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको शुक्रबार भएको मतदानपश्चात् राति साढे १२ बजे घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार, सापकोटाले आफ्ना प्रतिस्पर्धी विनोद रेग्मीलाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्


अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा सापकोटाले ३२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रेग्मीले १६२ मतमा चित्त बुझाए त्यसैगरी, खुल्लातर्फको उपाध्यक्ष पदमा पनि निर्वाचन भएको थियो, जसमा सुमन शर्मा २८२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १८९ मत प्राप्त गरे



कार्यसमितिका अन्य पदहरूमा भने सर्वसम्मत नेतृत्व चयन भएको महिला उपाध्यक्षमा रञ्जना पोख्रेल -पौडेल), समावेशी उपाध्यक्षमा नरबहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सहसचिवमा मन्जु सुवेदी कोषाध्यक्षमा दिपक शर्मा पराजुली निर्विरोध निर्वाचित भए


यसैगरी, सदस्यहरूमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी गंगा अधिकारी पनि निर्विरोध चयन भए


अधिवेशनले प्रदेश केन्द्रीय प्रतिनिधिहरूको समेत टुङ्गो लगाएको प्रदेश प्रतिनिधिमा सुदिप रेग्मीले सर्वाधिक ३६६ मत ल्याएर जित हासिल गरे उनीसँगै दिनेश चापागाईं २८६ मत, चेतराज आचार्य २५७ मत, झलकराज पौडेल २४१ मत  काशीराम पौडेल २३९ मत पनि प्रदेश प्रतिनिधिमा निर्वाचित भए


समावेशी कोटाबाट विषनबहादुर थापा महिलाबाट मिनाकुमारी श्रेष्ठ निर्विरोध चयन भए यही पदको प्रतिस्पर्धामा रहेका कृष्णचन्द्र न्यौपाने १५६ मत, तेजाखर लम्साल १८५ मत  अर्जुन लामिछाने १२३ मतका साथ पराजित भए


त्यस्तै, केन्द्रीय प्रतिनिधिमा उमेशप्रसाद तिवारी ३०६ मत, डिल्लीराज सुवेदी २९४ मत, प्रमोद अर्याल २८० मत, डिल्लीराम रेग्मी २६२ मत  महेन्द्र गुरुङ २११ मतका साथ विजयी भए महिलातर्फ सीता बराल ढुङ्गाना समावेशीतर्फ अर्जुन गुरुङ निर्विरोध भए


केन्द्रीय प्रतिनिधि पदका अन्य उम्मेदवारहरू प्रेमप्रसाद रेग्मी २१० मत, कृष्णप्रसाद रिजाल २०२ मत, रमाकान्त पौडेल १६७ मत  सिताराम दाहाल १४४ मतका साथ पराजित हुन पुगे


निर्वाचन समिति संयोजक अधिवक्ता शालिग्राम भट्टराईका अनुसार, कुल ६ सय ५५ मतदाता रहेकोमा शुक्रबार भएको मतदानमा ५ सय ७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । अधिवेशन उदघाटन बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । 

 


प्रतिक्रिया