मेड्रिड (स्पेन) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल
क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक
पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो
। उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर
खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री ओलीलाई अन्तर्राष्ट्रिय निर्देशक मिगेलले
क्लबको जर्सी उपहार दिनुभएको थियो । निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी
हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन गर्र्नुभयो ।
स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका
लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री ओली
मेड्रिडमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको हो । रङ्गशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका
मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका
सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी हुनुहुन्थ्यो
। रासस