स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

भ्वाइस अफ गण्डकी

काठमाडौं । 


 नेपाली फिल्ममालभर ब्वाईको भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुनुहुन्छ, आर्यन सिग्देल चलचित्रकिस्मतमार्फत अभिनयको सुरुआत गर्नुभएका उहाँले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेल्नुभएको दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको     
    
 यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहनुहुन्न त्यसैले नै उहाँलेहोमवर्कमा दोहोरो भूमिका निर्वाह गर्नुभयो जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उहाँलाई चिनेनन् त्यसपछिनाइकेमा द्वन्द्व प्रधान भूमिका गर्नुभयो आफ्नोलभर ब्वाईको छवि मेट्न उहाँ दुवै चलचित्रबाट असफल हुनुभयो     
    
 “मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले फलतः मेरो उपस्थिति कम भयो”, अभिनेता सिग्देलले भन्नुभयो     
    
 उहाँलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् गुड लुकिङसँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्रपुजार सार्कीपश्चात् उहाँको छवि फेरियो लभर ब्वाईका रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहनुभएको मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याउनुभयो अहिले पात्रमा रमाउन थालेको छु”, अभिनेता सिग्देलले भन्नुभयो     
    
 उहाँलाई मात्र नभईप्रेम गीतचलचित्रमार्फतप्रेमउपनामले समेत चिनिनुभएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतलेस्टारडमको छाया बाहिर ल्याएर अभिनय गराउनुभयो अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतलेप्रकाशमा प्रस्तुत गर्नुभयो त्यसपछि अभिनेता सिग्देल खड्कालाई निर्देशक राउतलेपुजार सार्कीमा एकसाथ अभिनय गराउनुभयो     
    
 ‘लभर ब्वाईको छवि बनाउनुभएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिनुभयो अन्य निर्देशकले कल्पना पनि नगर्नुभएको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्यता भएको बताउनुभयो मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनुहुन्थेन मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाए उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो”, निर्देशक राउतले भन्नुभयो     
    
 उहाँले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राख्नुभयो सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्नुहुन्छ कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन सधैँ बजारमा चलेकोट्रेन्डलाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ”, उहाँले भन्नुभयो     
    
राउतले निर्देशन गर्नुभएको चलचित्रमहाभोजआगामी १५ जेठमा प्रदर्शन हुँदैछ उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको  रासस

प्रतिक्रिया