पोखरा इन्टरनेट र मेडिप्लस हस्पिटलबिच स्वास्थ्य जाँच सम्झौता

voiceofgandaki

पोखरा ।  पोखराको गैह्रपाटनमा रहेको पोखरा इन्टरनेट प्रा.लि र पोखराकै रानिपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच स्वास्थ्य जाँच सुविधा योजनामा बुधवार सम्झौता भएको छ। अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र इन्टरनेट बीच सम्झौता भएको इन्टरनेटकि एच आर रोश्नी गुरुङले जानकारी दिइन् । 

सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका मार्केटिङ म्यानेजर शोभाखर पाण्डे र पोखरा इन्टरनेटका सिओओ कृष्ण सुवेदीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार पोखरा इन्टरनेटका कर्मचारीहरुले संस्थाको परिचयपत्रको आधारमा वेड चार्जमा र ल्यावमा २५ प्रतिशत  र अप्रेसनमा १५ प्रतिशत छुट पाउनेछन् । यस्तै अन्य आवश्यक सेवाको लागि हस्पिटलले फ्रिमा एम्बुलेन्स उपलब्ध गराउने र पोखरा इन्टरनेटको हरेक बहिरि कार्यक्रममा फ्रि हेल्प डेक्स उपलबध गराउने  भनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताले इन्टरनेटमा काम गर्ने कर्मचारीलाई स्वास्थ्य सेवामा सहयोग पुग्ने  हस्पिटलका सिइओ प्रकास बिकले उल्लेख गरे ।  


प्रतिक्रिया