काठमाडौं— प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले अब निर्वाचनसम्बन्धी खर्च गर्न अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको पारदर्शिताका लागि यस्तो प्रावधान राखिएको हो ।