गण्डकीको बर्खे अधिवेशन जेठ ११ गतेबाट

voiceofgandaki

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बर्खे अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष जेठ ११ गते दिउँसाे २ बजे अधिवेशन बोलाउन सिफारिस गरेको हो।

सरकारले आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेर पारित भएपछि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने प्रावधान छ । 

प्रतिक्रिया