पोखरा ।
चितवनको कविडाँडा साहित्य समाजले प्रदान गर्ने 'कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८१' यस वर्ष उपन्यासकार तीर्थ गुरुङको कृति ‘हिउँको गीत’ लाई प्रदान गरिने भएको छ। प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको समाजले यो निर्णय गरेको हो।