पोखराको बिरौटामा श्रीमतीको हत्यापछि आत्महत्या गरे ऋषिराम बरालले

voiceofgandaki

पोखरा, २३ वैशाख । पोखरामा १७ का ऋषिराम बरालले सोमबार घरमै श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेका छन् । बरालले कान्छी श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी हरिबहादुर बस्नेतले बताए ।

श्रीमान / श्रीमती अचेत अवस्थामा भेटेपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै ३७ वर्षीया देवी पराजुली र ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

घरायसी झगडा परेपछि बरालले श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दुई श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ । हत्या गर्नु ५ घन्टाअघि जेठी श्रीमतीसँगको फोटो फेसबुकमा हाल्नुभएको रहेछ । अर्थात् त्यसले पनि कान्छी श्रीमतीसँग झगडा भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो नितान्त घरायसी झगडा जस्तो देखिन्छ,’ प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले भने । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए । 


प्रतिक्रिया