स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित बसपार्क क्षेत्रमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने चारजना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्गको सडक खण्डमा चेकजाँचका क्रममा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले चैत १६ गते दिउँसो करिब २ः५० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।