नेपाल निजामती कर्मचारी युनियन गण्डकी कार्यवाहक अध्यक्षमा वेदप्रकाश ढकाल

voiceofgandaki

पोखरा ।

नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदप्रकाश ढकालले पाएका छन् । बुधबार पोखरामा बसेको युनियनका केन्द्रीय सदस्यहरू तथा जिल्ला अध्यक्षहरूको बैठकको निर्णय अनुसार प्रदेश कार्यसमितिका उपाध्यक्ष ढकालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।


युनियनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी उपसचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो । संगठनलाई चलायमान बनाउनका लागि रिक्त पदमा कार्यवाहक नियुक्त गरिएको हो ।

नयाँ जिम्मेवारीसहित कार्यभार सम्हालेका ढकाललाई युनियन नेताहरुले बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया