काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले विसं २०८२ मा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको कीर्तिमान राखेको छ । चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ का अनुसार, यो चलचित्रले गत शनिबारसम्म ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ (ग्रस कलेक्सन) कमाएको छ ।