पोखरा ।
पोखरा १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारीको २७ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा संस्थाका मानार्थ संरक्षक तथा पूर्वअध्यक्ष शरदकान्त सिग्देलले साधारण सभाले सदस्यलाई आफ्ना जिज्ञासा राख्न सहज वातावरण सिर्जना गर्ने धारणा राखे ।
शेयर सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारीको योजना अगाडि बढाउन सहज हुने संरक्षक सिग्देलको भनाइ छ ।संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले २०५६ सालमा स्थापना भएदेखि हालसम्मको सहकारीको अवस्थाबारे चर्चा गरे । कर्मचारीको निष्ठा, पारदर्शिता र सेवाभावले नै संस्थालाई विश्वासको केन्द्र बनाएको उनको भनाइ छ ।
सो अवसरमा लामो समयसम्म नियमित कारोबार गर्ने नानीमाया श्रेष्ठलाई ‘उत्कृष्ट सदस्य सम्मान’ प्रदान गरियो ।१५ वर्ष अघिदेखि सहकारीको उन्नतिमा उल्लेखनीय योगदान पु¥याउँदै आएकी अधिकृत हेमा गुरुङलाई सम्मानपत्रसहित सम्मान गरियो ।
संस्थाका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सचिव सुरेन्द्रप्रसाद सिग्देल, कोषाध्यक्ष जयप्रसाद सापकोटा, लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, सेयर सदस्यको तर्फबाट पुरनकुमार श्रेष्ठ, महिला सेयर सदस्यको तर्फबाट विष्णु सापकोटा, सञ्चालक समिति सदस्य शारदा सिग्देल पराजुलीले बोलेका थिए ।