काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सातवटै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार बुधबार (पुस २ गते) सातै प्रदेशको राजधानी रहेका जिल्लाहरूमा मतदान स्थल र केन्द्र तय गरिएको हो ।