काठमाडौं । गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीप्रसाद तिवारीको सरुवा गरेको छ । भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि उनलाई मन्त्रालयमा तानिएको हो ।
भिजिट भिसामा विदेश जाने र त्यहाँ पुगेर अवैध रूपमा काम गर्ने गिरोहसँग सरकारी अधिकारीको मिलेमतो भएको विषय नै ‘भिजिट भिसा प्रकरण’ हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा हजारौँ युवालाई नक्कली कागजात बनाएर विदेश पठाइएको खुलेको थियो ।