काठमाडौं– काठमाडौंका विभिन्न औषधि पसलमा पुगेर प्रहरीको नक्कली परिचय दिँदै रकम असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 'हामी लागु औषध ब्यूरोबाट खटिएका प्रहरी हौं' भन्दै औषधि पसल सञ्चालकहरूलाई डर त्रास देखाउने उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो ।