राष्ट्रिय सभा पूर्व अध्यक्ष तिमिल्सिनाले संसद् सचिवालयको गाडी फिर्ता गरे

voiceofgandaki

पोखरा । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको संघीय संसद् सचिवालयको गाडी फिर्ता गरेका छन्।

तिमिल्सिनाले बा.सी. २७३८ नम्बरको सरकारी सवारी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत शनिनबार बुझाएका हुन्। हालै सरकारले पूर्व पदाधिकारीसँग रहेका सवारीसाधन, निवास सुविधा र अन्य सरकारी स्रोत फिर्ता गर्न निर्देशन दिएपछि उनले गाडी बुझाएका हुन्

तिमिल्सिनाले राष्ट्रिय सभाको अध्यक्षको हैसियतमा सचिवालयबाट पाएको सो गाडी सरकारले जारी गरेको सूचनाका आधारमा फिर्ता गरेको बताएका छन्। तर यसअघि संसद सचिवालयले ताकेता गर्दासमेत उनले अटेरी गरेका थिए ।

२०७४ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित तिमिल्सिना सोही वर्ष अध्यक्ष बनेका थिए। उनको ६ वर्षे पदावधि २०८० साल फागुन २० गते  सकिएको थियो । 

प्रतिक्रिया