पर्यटन व्यावसायी महिला संघ नेपाल (टेवान) मा शोभा

voiceofgandaki

पोखरा ।

पर्यटन व्यावसायी महिला संघ नेपाल (टेवान) मा शोभा न्यौपाने पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत भएको छ । बिहीबार भएको चौंथो अधिवेशनबाट पाण्डेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । 

समितिको निवर्तमान अध्यक्षमा कमला गिरी, उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्षमा शारदा लम्साल निर्वाचित भए ।

संस्थाका वरिष्ठ सदस्यमा कमला गुरुङ, सदस्यमा मिना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की निर्वाचित भएका छन् । 


प्रतिक्रिया