गण्डकी प्रदेश सरकारका कार्यालयमा भएको क्षति

voiceofgandaki

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगलागी ।

कार्यालयको सभाहल, मुख्यमन्त्रीज्यूको कार्यकक्ष, मन्त्रिपरिषद्को बैठक कक्ष, प्रदेश पुस्तकालय पूर्ण रूपमा जलेर नष्ट ।

७ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेको ।

२. प्रदेश नीति तथा योजना आयोग

३ वटा गाडी र ४ वटा मोटरसाइकल जलेको ।

जिल्ला समन्वयको भागमा आगलागी भएको ।

माथिल्लो तलाबाट आधारभूत सेवा सञ्चालन गर्न सकिने अवस्था ।

३. वन तथा वातावरण मन्त्रालय

मन्त्रालयका ४ वटा र वन निर्देशनालयको १ गरी ५ वटा गाडी पूर्ण रूपमा जलेको ।

१ वटा गाडी तोडफोड ।

८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलेको ।

लेखा शाखा र दर्ता चलानी शाखा जलेको ।

स्टोर तोडफोड भई ल्यापटप, किज, भाँडाकुडा चोरी ।

मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्ण रूपमा तोडफोड। 

मन्त्रालय भवनका झ्यालका सबै सिसा तोडफोड ।

शाखाका सञ्चार उपकरण र इलेक्ट्रोनिक सामग्री तोडफोड ।

४. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय

५ वटा चारपांग्रे गाडी र १२ दुईपांग्रै सवारी साधन जलेको र

निवासमा सामान्य क्षति र मन्त्रीको कोठामा क्षति ।

सचिवको कार्यकक्षका सामग्री चोरी ।

सभाहलमा तोडफोड, लेखा शाखाका सबै कम्प्युटर चोरी ।

खेलकुद शाखाका सबै कोठा जलेको ।

सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा तोडफोड ।

५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय

६ वटा चारपांग्रे गाडी र २७ दुईपांग्रै सवारी साधन जलेको ।

निर्देशनालयको स्टोरमा आगलागी र सामग्री चोरी ।

सहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र र सवारी दुवै कार्यालय पूर्ण रूपमा जलेको ।

४४२,००० राजस्व रकम हराएको ।

मन्त्री निवासको तल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त ।

६. प्रदेश लेखा नियन्त्रकको कार्यालय

सेवा प्रवाह अवरुद्ध हुने गरी क्षति नभएको ।

७. आर्थिक मामिला मन्त्रालय

३ वटा चारपांग्रै गाडी र ६ वटा दुईपांग्रे सवारी साधन जलेको ।

मन्त्रीको कार्यकक्ष तोडफोड ।

तल्लो तलामा तोडफोड र आंशिक आगलागी ।

३ ल्यापटप, २ कम्प्युटर, २ वटा प्रिन्टर चोरी ।

४ वटा टेलिभिजन, ४ वटा एसी, ७ वटा कुर्सी, ४ सेट सोफा जलेको ।

मन्त्री निवासमा तोडफोड, तल्लो तलामा आगलागी ।

८. कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

१ वटा चारपांग्रे गाडी र १ वटा स्कुटर जलेको ।

मन्त्रीको निवासमा आगलागी ।

९. ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय

मन्त्रालयका ४ वटा, खानेपानी कार्यालय तनहुँको १ वटा, जलस्रोत कार्यालय कास्कीको १ गरी जम्मा ६ चारपांग्रे गाडी जलेको ।

१ वटा गाडी तोडफोड भई पूर्ण क्षति ।

१८ थान मोटरसाइकल जलेको ।

२ थान टेलिभिजन हराएको, २२ थान कम्प्युटर जलेको । 

२७ थान प्रिन्टर, २१ थान ल्यापटप, ६ वटा एसी, स्क्यानर ६ थान, फोटोकपी ५ थान तोडफोड तथा जलेको । 

१०. स्वास्थ्य मन्त्रालय

भौतिक संरचनामा क्षति नभएको ।

मातहतका ३ स्कुटर जलाइएको ।

११. पर्यटन तथा उद्योग मन्त्रालय

४ गाडी र ५ मोटरसाइकल पूर्ण रूपमा जलेको ।

निर्देशनालयको भवन पूर्ण रूपमा क्षति ।

जिल्ला कार्यालय तनहुँमा तोडफोड ।

मन्त्री निवासको तल्लो भागमा तोडफोड, र इलेक्ट्रोनिक सामग्री चोरी ।

१२. प्रदेश प्रमुखको कार्यालय

४ वटा चारपांग्रे गाडी जलेको ।

कार्यालयको ३ मोटरसाइकल र कर्मचारीको २ वटा निजी मोटरसाइकल जलेको ।

कम्प्युटर लगायत इलेक्ट्रोनिक सामग्री सबै जलेको ।

अधिकांश कागजात जलेको ।

निवासतर्फको भवन पूर्ण रूपमा जलेको, सामग्री चोरी भएको ।

१३. प्रदेश लोक सेवा आयोग

४ वटा चारपांग्रे र १ दुईपांग्रे गाडी जलेर नष्ट ।

२९ लाख बराबरको क्षति ।

१४. गण्डकी प्रदेश सभा सचिवालय

प्रदेश सभा भवन पूर्ण रूपमा जलेर नष्ट ।

सचिवालयको प्रशासनिक भवन पूर्ण क्षति ।

४ वटा संसदीय दलका कार्यालय जलेर नष्ट ।

प्रदेश सभाको प्रहरी ब्यारेक, आवास भवन, पुस्तकालय, स्वास्थ्य शाखासहित सम्पूर्ण भवन जलेर नष्ट, सम्पूर्ण सञ्चार तथा विद्युत उपकरण नष्ट ।

चारपांग्रे सवारी ६ वटा नष्ट ।

दुईपांग्रे सवारी १२ वटा जलेको ।

डेस्कटप ३९ थान र ल्यापटप १९ थान जलेको ।

डिजिटल क्यामेरा ४ वटा र भिडियो क्यामेरा ५ वटा नष्ट ।


प्रिन्टर/ फोटोकपी मेसिन ३५ थान नष्ट

टेलिभिजन सेट ९ थान र एयर कन्डिसनर ४४ थान जलेको ।


प्रतिक्रिया