प्रतिनिधिसभा निर्वाचन : गोरखा कांग्रेसद्वारा ३१ जनाको नाम सिफारिस

voiceofgandaki

गोरखा ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस गोरखाले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसका वडा र क्षेत्रीय कार्यसमितिले प्रत्यक्ष तथा समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी जिल्ला कार्यसमितिमा पठाएको हो ।

कांग्रेस जिल्ला सचिव किशोरजंग थापाका अनुसार क्षेत्र नम्बर १ बाट वर्तमान सांसद राजेन्द्र बजगाईं, भूगोल थापा, युवराज बस्ताकोटी, जनार्दन अर्याल, प्रेम खत्री, जानुका पन्त, पूर्ण दाहाल, दिल्लीराज तिमल्सिना, चीनकाजी श्रेष्ठ र रचना परियारको नाम सिफारिस सूचीमा समेटिएको छ ।

त्यस्तै, कमला लामिछाने, जगत बराम, हरिबहादुर गान्धारी, सन्तबहादुर गुरुङ, परशुराम भट्ट र ईश्वर पाण्डेको नाम पनि क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ दीपकबाबु कँडेल, मोहनप्रकाश पोखरेल, प्रकाशचन्द्र दवाडी, ओम गुरुङ, वेदप्रसाद काप्री, फणिन्द्र धिताल र नवीन श्रेष्ठको नाम सिफारिस गरिएको सचिव थापाले जानकारी दिए ।

यसैगरी, क्षेत्र नम्बर २ को समानुपातिकतर्फ शोभा अधिकारी, मनोज धिताल, ईश्वरबहादुर परियार, अम्बिका न्यौपाने, सलाउदिन मियाँ र रबिक खनालको नाम सिफारिस भएको छ ।

दुवै क्षेत्रीय समितिबाट प्राप्त भएका नाममाथि जिल्ला कार्यसमितिको बैठकमा छलफल गरी आवश्यक निर्णयसहित केन्द्रमा पठाइने सचिव थापाले बताए ।

प्रतिक्रिया