पोखरा । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा विद्यार्थीले तालाबन्दी गर्दा एक सातादेखि पठनपाठन र प्रशासनिक काम ठप्प भएको छ । छात्र र छात्रा दुवैलाई छात्रावास सुविधा दिनुपर्ने माग राख्दै बिएसएजी छैठौँ र सातौँ सेमेस्टरका विद्यार्थी आन्दोलित भएका हुन् ।