पोखरामा वडाध्यक्षले कुटे अधिकृत, विरोधमा काम ठप्प

भ्वाइस अफ गण्डकी

पोखरा ।

प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने वडाध्यक्षबाट हातपात भएपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका छन् । घटना मंगलबारको हो । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए । 

उनीहरुले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौं । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण गर्दछौं, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौं ।’ 

कर्मचारीहरुकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरुमा समेत काम प्रभावित भएको छ । 

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरुकै अग्रसरतामा आन्दोलन भएको हो । 

आफ्नो वडामा कर्मचारी नभएकै कारण काम प्रभावित भएको भन्दै वडाध्यक्ष पराजुलीले सामाजिक सञ्जालमा समेत लेख्दै आएका थिए । कर्मचारी व्यवस्थापनकै विषयमा विवाद हुँदा पराजुलीले हातपात गरेका हुन् । पराजुलीले मंगलबार नै पोखराको सर्वेश्वर मार्गका एक व्यापारीमाथि पनि दुव्र्यवहार गरेका थिए । 

पोखरा महानगरका मेयर धनराज आचार्यले यसबारेमा बिहीबार छलफल हुने बताएका छन् । 



प्रतिक्रिया