पोखरा ।
मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवस मनाउने भएको छ।
सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग २ को विमोचनसहित भाग १ को परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए।
जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे।
परिचर्चा कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप -महासचिव एवं नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधप मन्त्री पृथ्वीसुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम हुने बास्तोलाले जानकारी दिए ।
२ जेठ २०८२, बिहिबार १२:३० मा प्रकाशित