पोखरा ।
पोखरा महोत्सवको १४ औं संस्करण आउँदो पुस २९ देखि सुरु हुँदै छ । माघ ११ गतेसम्म चल्ने महोत्सवलाई भव्य र सभ्य बनाउन तयारी थालिएको छ । आयोजक युनाइटेड क्लब पोखराले महोत्सवका लागि विभिन्न उपसमिति र सल्लाहकार चयन गरेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक लोकबहादुर थापाको नेतृत्वमा ३३ वटा उपसमिति गठन गरिएको हो ।
महोत्सव कार्यसम्पादन उपसमितिको संयोजकमा राजु श्रेष्ठ चयन भएका छन् । अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, झाँकी र्याली व्यवस्थापनमा सुकबहादुर गुरुङ, अनुगमनमा लालकाजी गुरुङ र कलाकार व्यवस्थापनमा गणेश तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ ।
सचिवालय उपसमिति संयोजकमा शान्तबहादुर थापा, प्रायोजक व्यवस्थापनमा सूर्यबहादुर बानियाँ, प्रचारप्रसार व्यवस्थापनमा दिनेश सुनार, अर्थ तथा स्टल व्यवस्थापनमा जयराम आचार्य र स्वयंसेवक व्यवस्थापनमा सन्तोष कार्की छन् । यस्तै संघसंस्था व्यवस्थापनमा सीमा गुरुङ, ब्यानर व्यवस्थापनमा विष्णुकुमार गुरुङ, स्टेज व्यवस्थापनमा पूर्णकुमार श्रेष्ठ र टिकट काउन्टर व्यवस्थापनमा शिव थापा तोकिएका छन् ।
खानेपानी तथा सरसफाईमा पदमबहादुर कार्की ‘विजय’, अतिथि सत्कारमा शान्ति सुवेदी, सुरक्षामा बुद्ध कार्की र मायाको चिनो व्यवस्थापनमा रिमबहादुर क्षेत्री संयोजक बनेका छन् । अतिरिक्त क्रियाकलापमा गणेश खड्का, पार्किङमा सुरेश थापा, विद्यालय समन्वयमा रमेशबहादुर कार्की, बिमामा राजेन्द्रबहादुर थापा, मूल्यांकनमा सुशीलराज पराजुली, पर्यटन प्रवर्द्धनमा गोविन्द घिमिरे र पृष्ठपोषणमा आनन्द थापालाई जिम्मेवारी दिइएको छ ।
ट्राफिक व्यवस्थापनमा कृष्ण थापामगर, स्वास्थ्यमा नरहरि पनेरु, खाना तथा खाजा व्यवस्थापनमा कृष्ण गौतम, मूलद्वारमा धनराज गुरुङ र विद्युत व्यवस्थापनमा कुशल ढुंगाना संयोजक छन् । कार्यालय सचिव कुशुम गुरुङ र मिडिया कोअर्डिनेटरमा गीता राना चयन भएका छन् ।
क्लबले महोत्सवका लागि सल्लाहकारहरू पनि चयन गरेको छ । सल्लाहकारमा लीलाधर अधिकारी, कृष्ण केसी, सम्मरबहादुर श्रेष्ठ, पवित्रादेवी गुरुङ, विश्वप्रकाश लामिछाने र मुक्षेत्र गुरुङ छन् । जनप्रतिनिधिहरूमा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला, वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, वडा नम्बर १२ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल, वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्की र वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँ सल्लाहकार छन् ।
अन्य सल्लाहकारहरूमा टीकाबहादुर कार्की, राजेन्द्रबहादुर कार्की, गोपाल गुरुङ (रामबजार), कृष्ण कोइराला, राजकुमार गुरुङ, दीपक थापा, मीन गुरुङ, कृष्णकुमारी थापा, जसबहादुर गुरुङ, रुद्र न्यौपाने, यमबहादुर गुरुङ, डम्बरजंग गुरुङ, सन्तोष सिग्देल, शिवबहादुर बराल, दानबहादुर गुरुङ, तेजबहादुर गुरुङ, शंकरनाथ पौडेल, कृष्णबहादुर थापा, सुवेदार इन्द्रबहादुर गुरुङ, बलराम ढुंगाना, अनिल थापा, श्यामकृष्ण श्रेष्ठ, रामनारायण श्रेष्ठ, रामबहादुर पौडेल, गजबहादुर गुरुङ, गुप्तबहादुर कार्की, मिलन गुरुङ, उज्ज्वल रन्जित, नरेन्द्र गुरुङ, डा. कृष्ण केसी, माधव गौतम, माधव घिमिरे, मोहन गुरुङ, राजेश गुरुङ, प्रेमप्रसाद गौतम, धनमाया गुरुङ, राजेन्द्रप्रसाद बास्ताकोटी, शिव खड्का, मेजर हितमान गुरुङ, दिलमाया तिमिल्सिना, हरिकुमार श्रेष्ठ र भीमबहादुर थापा छन् ।
११ मङ्सिर २०८२, बुधबार ०६:२७ मा प्रकाशित