घरको तीन तलामाथिबाट खसेर बागलुङमा वृद्धाको मृत्यु

भ्वाइस अफ गण्डकी

बागलुङ ।  बागलुङ नगरपालिका– ४ श्रीनटोलमा घरको तीन तलामाथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया