पोखरा ।
घरघरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकामा नसर्ने रोग हरूको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा शुभारम्भ भएको छ । ज्येष्ठ तथा अशक्त नागरिकहरूका लागि घुम्ती स्वास्थ्य सेवा अन्तरगत नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ अभियानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।
यस क्रममा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना, स्वास्थ्य जाँच शिविर, मनोरोग, सरुवा एवं अन्य दीर्घ रोग सम्बन्धी विशेष जानकारी पनि दिइनेछ । नगरवासीको स्वास्थ्य प्रति महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको नगरप्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं.८ बाट सुरु गरिएको कार्यक्रम क्रमशः सबै वडाहरूमा विस्तार गरिने स्वास्थ्य महाशाखाले जनाएको छ ।
३३ जेठ २०८२, आईतबार ०८:३४ मा प्रकाशित