कर विवरण र राजस्व बुझाउने म्याद असोज २५ सम्म बढ्यो

voiceofgandaki

काठमाडौं। सरकारले करदाताहरूलाई राहत दिने उद्देश्यले कर विवरण पेस गर्ने र राजस्व बुझाउने म्याद एक महिना थप गरेको छ।

पहिले २५ भदौसम्म बुझाउनुपर्ने कर विवरण र रकम अब २५ असोजसम्म बुझाउन सकिने भएको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्णयअनुसार २०८२ साउन महिनाको मासिक मूल्य अभिवृद्धि कर (भ्याट), अग्रिम कर कट्टी (टीडीएस), शिक्षा सेवा शुल्क र विलासिता शुल्कको विवरण तथा कर रकम असोज मसान्तभित्र बुझाउन सकिने छ।

मन्त्रालयका अनुसार २३ र २४ भदौमा भएको देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण कर प्रशासनका कार्यालयहरू बन्द हुँदा करदाताहरूले विवरण बुझाउन र रकम तिर्न असुविधा भएको थियो। त्यही कारण सरकारले म्याद थप्ने निर्णय गरेको हो।

थप गरिएको अवधिभित्र विवरण र कर बुझाउने करदाताले जरिवाना, थप शुल्क र दस्तुर तिर्नु नपर्ने समेत अर्थ मन्त्रालयले जनाएको छ। यस निर्णयले व्यावसायिक गतिविधि प्रभावित भएका करदातालाई सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया