एमाले गण्डकी अध्यक्ष शर्मालाई पुत्र शाेक

voiceofgandaki

पोखरा । 

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माका कान्छा छोरा साकार शर्माको निधन भएको छ । बोनम्यारो क्यान्सरबाट पीडित १२ वर्षीय साकारको सोमबार राति २ बजेतिर पर्वतको जलजलास्थित घरमै निधन भएको हो ।

पोखराको एसओएस हर्मन माइनर स्कुलमा कक्षा ६ मा अध्ययनरत साकारलाई ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि उनलाई काठमाडौं ल्याइएको थियो । तर, गएराति उनको घरमै निधन भयो ।

शर्माका दुई छोरामध्ये साकार कान्छा हुन् । उनको मंगलबार म्याग्दीमा अन्तिम संस्कार गरिएको छ । उनको निधनमा एसओएस स्कुलले शोक बिदा दिएको छ ।

प्रतिक्रिया