पशु कल्याणबारे सोच्न बाध्य पार्ने ‘काली भैँसी’ घटना

voiceofgandaki


राम थापा/रासस   
गण्डकी, २३ वैशाख ।  


भैँसी गुनिलो थियो दूधालु पनि घरमुलीले उसलाई मायालेकालीभन्थे भैँसी अर्को महिना ब्याउने थियो यो भैँसी बागलुङ, ताराखोला गाउँपालिका भुस्कातकी माया विकले ऋण काढेर किन्नुभएको थियो गोठमा उसैले जन्माएको डेढ वर्षको राँगो पनि थियो गत बुधबार मध्यराति गोठमा अचानक आगलागी भयो     
    
राँगो उतिबेलै जलेर ¥यो गम्भीर घाइते भएको गर्भवती भैँसीलाई परिवार छिमेकी मिलेर उद्धार गरे भैँसीको अधिकांश बाहिरी भाग जलेको थियो दुवै आँखा फुटेका थिए भैँसी खान सक्ने कराउन सक्ने अवस्थामा थियो नाक मुखबाट फिँज आइरहेको थियो एकातिर जलनको पीडा अर्कातिर पेटमा हुर्किरहको गर्भ त्यो अवोध भैँसीले त्यति कष्टसाध्य क्षण कसरी गुजा¥यो होला ! मानवीयता भएका जो कोहीका लागि त्यो दृश्य हृदयविदारक थियो     
    
आगलागीको घटना थाहा पाएपछि पोखरामा बस्ने विकका छोरा सनम अर्कोदिन घर पुग्नुभयो उहाँ गाउँ पुग्दा गोठ खरानी भएको थियो आमाको प्रिय भैँसीकालीअतिसय पीडा सहेर बाँचिरहेको थियो उसलाई बचाउन परिवारले सक्दो प्रयास गरे पशु चिकित्सकलाई बोलाएर देखाए बाँच्ने सम्भावना नभएपछि चिकित्सकले भैँसीलाईयुथोनाइजदिएर पीडारहित तरिकारले मृत्युवरण गराए पेटमा भएको पाडोलाई चिरेर निकाले धड्कनको चाल महसुस गर्दागर्दै पाडोको पनि मृत्यु भयो     
    
गोठ नजिकै बारीमा खाल्डो खनेरकाली भैँसी उसको गर्भबाट निकालिएको पाडोलाई सँगै राखेर अन्त्येष्टि गरियो यसरी निर्दोष पशुको जीवन आगलागीमा परी समाप्त भयो सनमले यही दर्दनाक घटनाको भिडियो फेसबुकमा साझा गर्नुभयो जसले धेरैको ध्यान खिच्यो फेसबुकमा लाखौँले उक्त भिडियो हेरेका छन् फेसबुकमा साझा गर्ने टिप्पणी गर्नेको सङ्ख्या पनि सयौँ     
    
आगलागीबाट गोठ पशुधन गुमाएका विक परिवारप्रति कैयनले सहानभूति प्रकट गरेका छन् कतिपयले पशुप्रेम पशु कल्याणका पक्षमा धारणा राखेका छन्     
    
सनमलेतिमीले मेरा लागि दिएको यो बलिदान खेर जाने दिने छैन काली, हार्दिक श्रद्धाञ्जलि ! अपराधी नबचाऔँभन्दै उक्त भिडियोपोस्टगर्नुभएको थियो सनमलेकालीभैँसीलाई आमासँग तुलना गर्दै पनि गर्भमा रहेको बच्चाका लागि अन्तिम प्रहरसम्म बाँचेको उल्लेख गर्नुभएको उनी पनि एउटी आमा हुन् उनको श्राप आँशु अवश्य लाग्नेछ”, सनमले भन्नुभएको     
    
आगलागी अरु कसैले जानाजानी लगाइदिएको विक परिवारको आशङ्का घरमा बुबाआमा मात्र हुनुहुन्थ्यो, उहाँहरू सुतेको बेला राति ११.३० बजेतिर गोठमा आगलागी भएको हो”, सनमले भन्नुभयो, “दुर्घटना या लापरबाहीका कारण नभई यो मान्छेले जानजानी नियतवश लगाएको हो, हामीले प्रहरी वडा कार्यालयमा उजुरी दिएका छौँ, घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ ”    
    
काली भैँसीको मृत्युपछि आमा बिह्वल बनेको सनमले सुनाउनुभयो भैँसीको अन्त्येष्टिका बेला उहाँकी आमा छेउमा बसेर रोइरहेको दृश्यले सबैलाई स्तब्ध पारेको थियो वरिपरि जम्मा भएका मानिस त्यो बेला निःशब्द बनेका थिए     
    
माया स्याहारसुसारले पालेहुर्काएका पशुचौपायाको अनाहकमा मृत्यु हुँदा कस्को पो मन नरुँदो हो ! माया उहाँको परिवारलाई पनि आज त्यही पीडाले सताएको उक्त घटनाले पशुपक्षीप्रतिको मानवीय प्रेम संवेदनालाई समेत उजागर गरिदिएको पशु कल्याणबारे सोच्न मानिसलाई बाध्य पारेको     
    
उक्त घटनाका प्रत्यक्षदर्शी सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त घटनामा दुःख व्यक्त गरेका छन् नियतवश आगलागीको घटना भएको भए छानबिन न्यायका लागि उनीहरूले आवाज उठाएका छन् घटना सार्वजनिक भएपछि विभिन्न ठाउँबाट सहयोग सहानुभूति प्राप्त भइरहेको सनमले बताउनुभयो     
    
 वडा गाउँपालिका कार्यालयले राहतका लागि पहल अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताराखोला गाउँ कमिटीले विक परिवारलाई भैँसी किनिदिन लागेको अध्यक्ष दिवस खत्रीले बताउनुभयो आफन्त, शुभेच्छुकलगायतबाट आर्थिक सहयोग आउने क्रम पनि सुरु भएको , यो घटनाले धेरैलाई छोएको आगलागीका बारेमा छानबिन हुनुपर्छ”, उहाँले भन्नुभयो पशुचौपायाले सुरक्षित बाँच्न पाउने अधिकारप्रति सचेत हुन पनि यो घटनाले मानिसलाई सचेत गराएको गण्डकी प्रदेशमा गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याइए पनि पशु कल्याणको पूर्ण सुनिश्चितता भने हुन सकेको छैन     
    
घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा निर्दयी व्यवहारका घटना छिटपुट हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो उक्त मापदण्डले गाईभैँसीलाई भोक, प्यास कुपोषण हुन नदिने, डर, त्रास तनाव हुन नदिने, पीडा, चोटपटक रोगव्याधिबाट सुरक्षित राख्ने सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको गाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने उनीहरूप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी उत्तरदायित्वलाई मापदण्डले समेटेको     
    
मापदण्डमा आहार, गोठ व्यवस्थापन, ढुवानी गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषय उल्लेख छन् नवजात पाडापाडी बाच्छाबाच्छीलाई मार्ने नियतले सुकेनास गराउने, भोकै राख्ने, फाल्ने आदि गरेमा पशुप्रति निर्दयी व्यवहार भएको ठहर्ने मापदण्डमा जनाइएको गाईभैँसीलाई घाउचोट लाग्ने गरी हिर्काउन, नाक, खुट्टा बाँध्न, पुच्छर बटार्न छाडा छोड्न नपाइने मापदण्डमा उल्लेख     
    
गाईभैँसीलाई तापजन्य असुविधा हुन नदिन गर्मीयाममा पङ्खा याफोगर जाडोयाममा थप सोत्तरको व्यवस्था गर्नुपर्ने उल्लेख पशुपक्षीलाई पनि मानवताको व्यवहार चाहिनेमा पशु अधिकारकर्मीले जोड दिँदै आएका छन् खुसी स्वतन्त्रतापूर्वक बाँच्न पाउने पशुपक्षी अधिकारको संरक्षण हुनुपर्नेमा उनीहरूले जोड दिइरहेका छन् कानुनी प्रबन्ध नभएका कारण पनि हिंसा अत्याचारमा परेका पशुपक्षीको न्याय चुनौतीपूर्ण बन्दै जानकारहरू बताउँछन्     
---   

प्रतिक्रिया