लुम्बिनी । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई अदालतले बिहीबार बैंक ग्यारेन्टीमा छोड्न आदेश दिएको हो।