पोखरामा स्कुटर–भ्यान ठोक्किँदा सासुको मृत्यु, बुहारी घाइते

voiceofgandaki

पोखरा – पोखरामा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा सासुको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २ बिन्द्याबसिनी मन्दिर चोकमा ग१६प २६३ नम्बरको स्कुटरलाई ग२च ३३२३ नम्बरको भ्यानले ठक्कर दिँदा ६३ वर्षीया दुर्गादेवी बास्तोलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनी पोखरा–१५ नयाँगाउँ एसओएस स्कुल नजिक बस्दै आएकी थिइन् ।

सोही दुर्घटनामा स्कुटर चलाइरहेकी मृतककी बुहारी ४३ वर्षीया गोमादेवी बास्तोला घाइते भएकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले भ्यान र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया