गृहसचिव दुवाडी पदमुक्त, दंगाललाई जिम्मेवारी

voiceofgandaki

काठमाडौँ ।  सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई पदमुक्त गरी रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी तोकेको छ।

जेन–जी आन्दोलन नियन्त्रणका क्रममा दमनकारी भूमिका खेलेको आरोप लागिरहेका दुवाडीलाई हटाउने निर्णय सरकारले गरेको हो। उनका ठाउँमा हाल रक्षासचिवका रूपमा कार्यरत दंगाललाई ल्याइएको हो।

दंगाल गृह प्रशासनकै क्याडर हुन्। उनी विगतमा गृह मन्त्रालय भित्रका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। प्रशासनिक अनुभव र गृह पृष्ठभूमिका कारण उनलाई फेरि गृहसचिवमा पठाइएको सरकारी स्रोतले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयनमा आउनेछ।

प्रतिक्रिया