पोखरा ।
पोखरा
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई उमेर हदका कारण सेवानिवृत्त
भएका छन् । उनको सेवा निवृत्तिसँगै सोमबार पोखरा महानगरपालिकाको तर्फबाट विशेष
कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ ।
चौलागाईले
लामो समयसम्म निजामती सेवामा समर्पित रहँदै विभिन्न तह र जिम्मेवारी सम्हालेका थिए
। उनी गत असोजमा पोखराको प्रमुख प्रशासकीय अधिकृतमा आएका थिए । त्यसअघि उनी दलित
आयोगमा थिए ।
बिदाइ
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, दलका
नेताहरू दिवसमान प्रधानाङ्ग र राधिकाकुमारी शाही योगी, प्रवक्ता मोतीलाल तिम्सिनालगायत महाशाखा तथा शाखा प्रमुखहरू, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो।
सहभागीहरूले चौलागाईको प्रशासनिक नेतृत्व, कार्यकुशलता
र समन्वय क्षमताको प्रशंसा गर्दै आगामी जीवनको सफलताको कामना गरे।
उनले
बिदाइ समारोहमा मन्तव्य दिँदै पोखरामा काम गर्दा प्राप्त गरेको अनुभव र साथप्रति
कृतज्ञता व्यक्त गरे ।