पोखरा– पोखराको हेमजामा जारी साहित्य महोत्सवको रौनकबीच गायक तथा संगीतकार प्रेमराज पौडेलको नयाँ म्युजिक भिडियो ‘एक्लो रात’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक समारोहमा वरिष्ठ भाषाविद् एवं कविवर मुकुन्दशरण उपाध्यायले भिडियोको विमोचन गरेका हुन् ।
पोखराको सांगीतिक क्षेत्रमा ‘नवोदित’ प्रतिभाका रूपमा उदाएका पौडेलले यसअघि पनि स्थानीय मञ्चहरूमा आफ्नो प्रस्तुति दिँदै आएका छन् । विशेष गरी शब्द रचना र संगीत कर्ममा रुचि राख्ने पौडेलले सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेका छन् ।