हिमाली सांस्कृतिकमा शुभकामना

voiceofgandaki

पोखरा । नयाँ वर्ष २०८२ को सन्दर्भमा हिमाली सांस्कृतिक परिवार पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०८२ को भित्तेपात्रोसमेत सार्वजनिक गरियो ।  

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रदेशले गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरी लोपोन्मुख गीत, नृत्य, भाषा, संस्कृतिको संरक्षण र जगेर्ना गरेको बताए । ‘हिमाली सांस्कृतिक परिवार मौलिक लोक नृत्य क्षेत्रका लागि प्रदेशको गौरव हो,’ उनले भने, ‘कला, संस्कृति र र परम्पराको संरक्षणको संरक्षण र प्रवद्र्धन गरी युवा पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्न आवश्यक छ ।’ 

मन्त्री थापाले परिवारसँग कार्यक्षेत्र मिल्दोजुल्दो भएकाले परिवारलाई संस्थागत सहयोग गर्ने जनाए । उनले विभिन्न जातजातिको भाषा, कला र संस्कृतिको संरक्षण गर्नको लागि हातेमालो गर्न प्रदेश सरकार तयार रहेको सुनाए । 

परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले नौमती बाजा, लोक तथा कौरा नृत्यको संरक्षणमा संस्थाले ध्यान दिएको जनाए । उनले परिवारका सबै कलाकारले विना पारिश्रमिक काम गरेको उल्लेख गरे । परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले परिवारको लागि नौमती बाजाको अलवा पोशाक आवश्यक भएको उल्लेख गरे । 

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष गजबहादुर गुरुङ, सहसचिव डविन गुरुङ लगायतले लोक संस्कृतिको जगेर्ना गर्नुपर्ने चर्चा गरे । परिवारमा ३ सय आजीवन सदस्य र ६० कलाकार आवद्ध छन् । 


प्रतिक्रिया