पोखरा । पोखरा महानगरपालिकाका ११ वटा वडाको भूमि वर्गीकरण सम्पन्न भएको छ। पोखरा महानगरपालिका भू-उपयोग परिषद्ले वडा नम्बर १ देखि १० र वडा नम्बर १२ को भूमि वर्गीकरण सम्पन्न गरी कित्तासहितको विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको हो।
नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उक्त विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई मंगलबार हस्तान्तरण गरे।
दोस्रो चरणमा बाँकी वडाहरूको काम अगाडि बढेको नगरप्रमुख धनराज आचार्यले बताएका छन्। उनले बाँकी काम समेत छिट्टै सकेर भू-उपयोग र वर्गीकरण बारेको अन्योलतालाई स्पष्ट पारिने बताए।
२७ कार्तिक २०८२, बुधबार ०६:१७ मा प्रकाशित