नेपाली भाषा शिक्षक परिषदद्वारा मानव सेवा आश्रममा खाद्यान्न सहयोग

voiceofgandaki

पोखरा । 

नेपाली भाषा शिक्षक परिषद्, कास्कीले आफ्नो सत्रौँ स्थापना दिवस समाजसेवामूलक कार्यक्रम गरेर मनाएको छ। विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रम गर्दै आएको परिषद्ले यस पटक समाजसेवा र मानवसेवामा आफूलाई समर्पित गर्दै श्रावण ४ गते पोखरा महानगरपालिका-२५ हेमजामा अवस्थित मानव सेवा आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेको हो।

परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा कार्यसमितिका सदस्य तथा सल्लाहकारहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै परिषद्का सल्लाहकार लोकचन्द्र खनालले भाषा शिक्षण र शिक्षण क्रियाकलापमा महत्त्वपूर्ण कार्य गर्दै आएको परिषद् मानवसेवामा पनि अगाडि बढेकामा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रहसमेत गरे।

परिषद्का महासचिव शिवहरि सुवेदीले संचालन गरेको उक्त कार्यक्रममा विक्रम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संयोजन इन्दिरा सापकोटाले गरेकी थिइन्।


प्रतिक्रिया