पोखरामा खुल्यो लक्ष्मी ई–मोबिलिटी

voiceofgandaki

पोखरा  । 

नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुम स्थापना गरेको छ । 

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले सोमबार शोरुमको उद्घाटन गरेका हुन् । कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म झनै नजिक ल्याएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘बक्रीसँगै बिक्री पछिको सेवा हाम्रो प्राथमिकता हो ।’

बुद्धचोकस्थित यो शोरुमले प्रदेशमा बढ्दो इभी मागलाई सम्बोधन गर्दै ग्राहकलाई नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ । 

उद्घाटन समारोहलाई लक्षित गर्दै कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ । जसमा विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउने कम्पनीले बताएको छ । दिगो मोबिलिटी प्रवद्र्धनका लागि लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्क मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज चार्जिङ र मर्मत–सम्भार सेवा प्रदान गर्दै पूर्वाधारलाई मजबुत बनाइरहेको छ ।


प्रतिक्रिया