लमजुङ कांग्रेसबाट ‘सुधार अभियान’ का रिमालसहित ९ जना सिफारिस

voiceofgandaki

लमजुङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रत्यक्षतर्फ कांग्रेस सुधार अभियानका अभियन्ता एवं नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमालसहित ९ जनाको नाम केन्द्रमा पठाएको हो ।

कांग्रेस लमजुङका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रिमालसँगै वृषराज गुरुङ, यमबहादुर गुरुङ, विष्णुप्रसाद धिताल, सुबोधबाबु चिलुवाल, तुलसीनारायण श्रेष्ठ, गमप्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर र शैलेन्द्र घिमिरेको नाम सिफारिस भएको छ ।

सिफारिसमा परेका रिमालले लामो समयदेखि पार्टीभित्र ‘४० वर्षमुनिका ४० प्रतिशत युवा सहभागिता’ सुनिश्चित हुनुपर्ने माग राख्दै सुधार अभियान चलाउँदै आएका छन् ।

समानुपातिक र राष्ट्रिय सभामा को–को ?

यस्तै, समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको छ । जसमा रामकृष्ण बराल, राधादेवी श्रेष्ठ, कोपिला विक, अस्मिता गुरुङ, ज्ञानु शाह, धनकुमारी गुरुङ, भिउसिन दमै, सन्तोष न्यौपाने, स्थिरबाबु खाती र सुरेन्द्रप्रसाद पौडेल छन् ।

राष्ट्रिय सभा सदस्यका लागि गर्जबहादुर गुरुङ, विष्णुमाया न्यौपाने धिताल र शुभनाथ मिश्रको नाम सिफारिस गरिएको रिमालले जानकारी दिए ।

प्रतिक्रिया