पोखरा ।
नेपाली युवा उद्यमी मञ्च
(एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा समेज राजभण्डारी निर्वाचित भएका छन् । शनिबार भएको २०औं साधारणसभा तथा १५औं
अधिवेशनले समेजको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।
मञ्चको निवर्तमान अध्यक्षमा
इन्जिनियर विशेष थापा, प्रेसिडेन्ट
इलेक्टमा ई. सरोज कायस्थ , प्रेसिडेन्ट नोमिनीमा सिए विवेक श्रेष्ठ,
प्रोग्राम चेयरमा हर्सल
बिजुक्छे, फाइनान्स चेयरमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा,
नुरज बाटाजू, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिजन श्रेष्ठ, र रनिल फैजु
निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष
राजभण्डारीले सम्पूर्ण युवा उद्यमीहरुलाई समेटेर मञ्चलाई नेतृत्व गर्ने र युवा
उद्यमीहरुको समग्र हितमा काम गर्ने प्रतिबद्धता जनाए । केन्द्र, प्रदेश र स्थानीय सरकारसँग सहकार्य र समन्वय
गरी काम गर्ने उनको भनाइ छ । आफूलाई मञ्चको अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण
सदस्यप्रति उनले आभार व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष्य अञ्जन श्रेष्ठले युवा
उद्यमीहरुले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको
बताए । साथै देशको आर्थिक, सामाजिक र नैतिक बिकासमा पनि युवा उद्यमिहरुको महत्वपुर्ण भूमिका रहने जिकिर
गरे ।
कार्यक्रममा बोल्दै नेपाल
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले युवा उद्यमीहरुले समग्र
देशको आर्थिक बिकासमा जोड दिनु पर्ने बताए ।
मञ्चका केन्द्रीय अध्यक्ष
कुशल सुन्दर श्रेष्ठले युवा उद्यमीहरुको समग्र हितसँगै सामाजिक क्षेत्र मञ्चले
सक्रियताका साथ काम गरिरहेको बताए । मञ्चको पोखरा च्याप्टरको सक्रियता प्रशंसनीय
रहेको उनको भनाइ छ ।
मञ्च पोखरा च्याप्टरका
निबर्तमान अध्यक्ष इन्जिनियर विशेष थापाले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने
सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।