पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारबीच समन्वय भए मात्र निर्वाचनको वातावरण बन्ने बताएका छन् । सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सरकार र राजनीतिक दलबीच विश्वासको वातावरण बन्न नसकेको गुनासो गरे ।