काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक बिदाका दिनमा पनि निर्वाचनसँग सम्बन्धित आर्थिक कारोबार नरोकिने गरी व्यवस्था मिलाएको छ । भोलि (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र फागुपूर्णिमाका कारण सरकारले तीन दिन सार्वजनिक बिदा दिए पनि अत्यावश्यक बैंकिङ तथा वित्तीय सेवा सुचारु रहने आयोगले जनाएको छ ।