१औँ माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता पुस ११ देखि, विजेताले ८० हजार पाउने

voiceofgandaki

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा ‘२१औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान टेनिस प्रतियोगिता–२०८२’ हुने भएको छ । खेल पर्यटनको माध्यमबाट पोखरालाई विश्वसामु चिनाउने उद्देश्यसहित आगामी पुस ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फको खुल्ला सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथिको उमेर समूह गरी विभिन्न १२ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक नवीन चालिसेका अनुसार खेलहरू पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुनेछन् ।

आयोजकले प्रतियोगिताका विजेताहरूका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ । खुल्लातर्फको पुरुष तथा महिला सिंगल्स उपाधि विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र सेमिफाइनलिस्टले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै, पुरुष तथा महिला डबल्सतर्फका विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँका साथमा ट्रफी र मेडल पाउनेछन् ।

भेट्रानतर्फ ३५ वर्षमाथिको सिंगल्स विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ पाउनेछन् भने सोही उमेर समूहको डबल्स विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्षमाथिको सिंगल्सतर्फ विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पाउनेछन् । ४५ वर्षमाथिको डबल्स विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।

यसैगरी ५५ वर्षमाथिको सिंगल्स विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पाउनेछन् । ५५ वर्षमाथिको डबल्सतर्फ विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६५ वर्षमाथिको उमेर समूहमा सिंगल्स विजेताले १५ हजार रुपैयाँ, उपविजेताले ७ हजार ५ सय रुपैयाँ र सेमिफाइनलिस्टले २ हजार ५ सय रुपैयाँ पाउनेछन् । ६५ वर्षमाथिको डबल्स विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने संयोजक चालिसेले जानकारी दिए ।

प्रतिक्रिया