काठमाडौं ।
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी संस्थापन पक्षले नेताहरूमाथि चलाएको अनुशासनको डण्डालाई प्रतिशोध साध्ने उद्देश्यले प्रेरित र विधानविपरीत भएको ठहर गरेको छ। बिहीबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको समूहको भेलाले यस्तो निष्कर्ष निकालेको हो।