काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतामा आएका १७ वटा घटकलाई समेट्दै समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले तयार पारेको बन्दसूची लिएर नेकपाका प्रतिनिधिहरू मंगलबार निर्वाचन आयोग पुगेका छन्।
नेकपाका एक नेताका अनुसार एकतामा आएका दलहरूको भावनालाई कदर गर्दै सूची तयार पारिएको हो। जिल्लाबाट सिफारिस भएर आएका १ हजार ८ सय नामबाट ११० जना छनोट गरिएको उनले बताए। ‘यसअघि मन्त्री, सांसद नभएका र अवसर नपाएका व्यक्ति, विज्ञ तथा युवालाई समानुपातिक क्लस्टरअनुसार छनोट गरेका छौँ,’ ती नेताले भने। उनले आवश्यकताअनुसार यो सूची संशोधन हुन सक्ने पनि बताए।
खस–आर्य समूह
नेकपाले खस–आर्य महिलातर्फ करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त, मन्जु कोइराला, उषाकुमारी पोखरेल, भगवती नेपाल, निरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं र सावित्री पोखरेललाई उम्मेदवार बनाएको छ।
पुरुषतर्फ प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले, डम्बरबहादुर क्षेत्री, विनोद कुटुवाल, राममणि पोखरेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णु खनाल र दीपक जंगम सूचीमा समेटिएका छन्।
मुस्लिम र थारू क्लस्टर
मुस्लिम र थारू समुदायबाट कैसर जहाँ, जरिना बेगम, जामिया खातुन, अमरुल निसा, ताज मोहम्मद मियाँ, मिराशा चौधरी, अन्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भुवनकुमार थारु, राम अवतार राना र लक्ष्यबहादुर चौधरी छनोटमा परेका छन्।
दलित र मधेशी
दलित तथा मधेशी कोटामा तारा विश्वकर्मा, सुमारिया देवी पासवान, कमला ज्ञवाली, गणेश विश्वकर्मा, मित्र परियार, शरद रसाइली, शंकर दुलाल, ठाकुर विक, कृष्ण नेपाली, गोपाल परियार, कमलराज यादव, श्रीप्रसाद साह, छेदी रजक, अभिमन्यु यादव, अरविन्द दास, गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम र शारदा दमाईको नाम समावेश छ।
यसैगरी, मधेशी समुदायबाट तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पूर्ण झा, जयरानी सहनी, पुनम जयसवाल, संगीता यादव, सुधा सिंह, कल्पना यादव, जोगकुमार बर्बरिया, सुरेन्द्र जयसवाल, घनश्याम रजक र किसुन मण्डल सूचीमा छन्।
आदिवासी जनजाति
आदिवासी जनजाति क्लस्टरमा भीमकुमारी बुढा, सामति गुरुङ, शर्मिला लामा, ममता राजवंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापा, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, गीता श्रेष्ठ, सनिम लामा, नलिनी सिंह, सबिता तामाङ, जमुना गाइजु, कल्पना लिम्बू, परशुराम तामाङ, दिलीप प्रजापति, झक्कु घर्ती, खेमकुमार राई, बखानसिंह तमु, पासाङ शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज दयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, चेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र पुष्प राजकर्णिकारलाई नेकपाले समानुपातिक उम्मेदवार चयन गरेको छ।
१५ पुस २०८२, मङ्गलबार ०६:२४ मा प्रकाशित